लागूऔषधसहित तीन जना प्रहरी नियन्त्रणमा

मकवानपुर | पुस २८, २०८१

लागूऔषधसहित तीन जना प्रहरी नियन्त्रणमा

मकवानपुर:   जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरु सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ । 

    
गएराति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवनराजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डिएल ८ सिएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी चार सय ६० ग्राम चरेस, तीन केजी चार सय ७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ । 

    
साथै आज बिहान ५ः३० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चितवनबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डिएल १३ सी १५६१ को कार जाँच गर्दा एक सय एक केजी गाजासहित पर्सा वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरु उपर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्